९ पुष २०८१, मंगलवार

जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघ (एनबीए)को घोषणा


वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले जेठ महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो । बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित बैंकहरुले ब्याजदर बढाएका थिए।

माघमा नेपाल बैंकर्स संघले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको थियो । तर  वैशाखदेखि भने ९.९९ प्रतिशतमा झारिएको थियो।