प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न लामिछाने बिहान बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार भ्रष्टाचारमुक्त देश बनाउने अभियान आफूले चालेकाले सरकारमा आउन लामिछानेलाई प्रचण्डले सुझाव दिएका थिए ।
‘भ्रष्ट समातिँदै छन्, यही बेला तपाईंले समर्थन फिर्ता लिनु ठीक होइन । तपाईं पनि सरकारमा आउनुस्,’ प्रचण्डको भन्दै उदृत गर्दै स्रोतले भन्यो ।
जवाफमा लामिछानेले आफू विशेष परिस्थितिवश सरकार भन्दा बाहिर रहेको तर सरकारलाई आफ्नो पूर्ण साथ् रहेको बताएका थिए ।
भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नोतर्फबाट साथ रहने बताए ।