१० पुष २०८१, बुधबार

गण्डकीमा मन्त्रिपरिषद विस्तार, मन्त्री बन्ने दीपक मनांगेको सपना अधुरै


गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । उनले शुक्रबार थप चारजना मन्त्री सरकारमा थपेका हुन् ।

अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)को सट्टामा तनहुँका जीतप्रकाश आलेलाई उनले मन्त्री बनाउँदै शुक्रबार टिममा चारजना मन्त्री थपेका छन् ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

जीतप्रकाश आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ। महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था, सरस्वती अर्याल तिवारीलाई उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।