१० पुष २०८१, बुधबार

छोरीको टिकटक भिडियोले ‘फण्डा’ मच्चाएपछि मन्त्रीले यसरी दिनुपर्यो पदबाट राजीनामा


ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद भएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन्।

उनकी छोरीले  छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्।

रिपोर्टका अनुसार, जस्टिन ताकात्चेन्को र उनकी छोरीले राजा चार्ल्सको राज्याभिषेकमा भाग लिन कम्तिमा १० अधिकारीहरूको प्रतिनिधिमण्डलसँग यात्रा गरेकोमा छानबिनको सामना गरेपछि राजिनामा आएको थियो । जसको खर्च कथित रूपमा $ 1 मिलियन थियो ।

यसैबीच डिलेट गरेको भिडियोमा, सवानाले सिंगापुरका विलासी फेसन स्टोरहरूमा उनको भ्रमणको प्रदर्शन गरेकी थिइन् ।

चेचेन्कोले अस्ट्रेलियाको एबीसी च्यानलसँग कुरा गर्दै आफ्ना आलोचकहरूलाई ‘कुनै काम नभएका आदिम जनावर’को सङ्ज्ञा दिएका थिए।

“उनी (मेरी छोरी) साँच्ची नै यी आदिम जनावरहरूका कारण भयभीत छिन्,” उनले भने। “म यिनलाई आदिम जनवारहरू भनिरहेको छु किनभने यिनीहरू त्यस्तै हुन्।”