प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ।
बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्ने बताइएको छ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाने तयारीमा छन्। यद्यपी चीन भ्रमणको औपचारिक घोषणा भइसकेको छैन। सम्भवत आज बस्ने बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्ने छ।
भ्रमणका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा ४० सदस्यीय टोली भने तय भइसकेको बताइएको छ।