२५ पुष २०८१, बिहीबार

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा सिईओ छनौटका लागि चार जनाको नाम सिफारिस


काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौटका लागि चार जनाको नाम सिफारिस गरिएको छ।

चारै जनालाई माघ ४ गते प्रस्तुतीकरण र ५ गते अन्तर्वार्ताका लागि राष्ट्रिय जीवन बीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथमा बोलाइएको छ।

चारै जनाको अन्तर्वार्ता सकिएपछि कम्पनीमा नयाँ सिईओको छनोट हुनेछ ।