
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा उनी पुगेका हुन् । उनलाई भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मा लगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गरेका थिए ।
मन्त्री यादव भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुगेका हुन्।
उक्त समझदारीपत्रमा यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।