३ असार २०८२, सोमबार

काँग्रेसलाई फेरी फकाएर पिएम बन्ने प्रचण्डको चाहना


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए ।

उनले नयाँ वर्षमा नेपाली कांग्रेससंग आफूले सहकार्य गरेर नयाँ सरकार बनाउने संकेत गरे ।

उनले अघि भने ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

प्रचण्डको भाष्यअनुसार फेरी प्रधानमन्त्री हुन चाहन्छन् ।