८ बैशाख २०८२, आईतवार

काठमाडौंबाट जाँदै गरेको गाडी मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु


ACCIDENT

काठमाडौँ । शुक्रबार बिहानै मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको निधन भएको छ।

शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका- ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका- ७ कि १३ वर्षीया मानुसी मगर रहेको बताइएको छ ।