१४ बैशाख २०८२, शनिबार

काठमाडौंमा आइतबार शोक बिदा


काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।

नगर पञ्चायतका उपप्रधानपञ्च तथा नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै डंगोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत् रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको जनाएको छ ।

अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।