
सरकारले स्टार्टअप प्रवर्द्धनमा इन्टर्नहरूको भूमिका सुनिश्चित गर्न नयाँ योजना ल्याएको छ ।
अब इन्टर्नलाई पनि स्टार्टअपमा सक्रिय रूपमा संलग्न गराइने सरकारले जनाएकाे छ ।
संघीय संसदमा सरकारको तर्फबाट शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।