५ असार २०८२, बुधबार

२०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने


सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार  संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले  २०८३ साल भित्र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणअनुसार नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्ने योजना लिएको बताए ।