२ आश्विन २०८२, बुधबार

राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ


नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। जसलगत्तै आज बुधाबार उनले शपथ लिएका हुन्।

उनलाई धानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका थिए।

हिजो बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो।

करिब २ महिना लामो अन्योल र छटपटीबीच सरकारले गभर्नर नियुक्त गरेको हो। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन्।

ताजा समाचार