३१ भाद्र २०८२, सोमबार

चीनः पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु, २१ जना उद्धारको पर्खाइमा


चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने २१जना अझै फसेका छन्।

“दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २१ जना अझै फसेका छन्,” प्रान्तीय प्रशासनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

दाफाङ काउन्टीको छुट्टाछुट्टै स्थानमा स्थानीय समयअनुसार बुधबार बिहान ३ः०० बजे र बिहान ९ः०० बजे पहिरो खसेको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ।

सिन्ह्वाका अनुसार दाफाङ काउन्टीको बिजी शहरअन्तर्गत चाङ्सी र गुओवा बस्तीमा एकै दिन दुई छुट्टाछुट्टै पहिरो जाँदा क्रमशः दुई र १९ जना फसेका छन्।

प्रसारणकर्ताले खिचेको हवाई फुटेजमा घना जंगल भएको पहाडको फेदमा खैरो माटोले डुबेको एउटा गाउँलाई घाँसे मैदानले ढाकेको देखिन्छ।

गुइझोउले भौगर्भिक प्रकोपका लागि दोस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय बनाएको छ भने चीनको प्राकृतिक स्रोत मन्त्रालयले उद्धारका लागि त्यस क्षेत्रमा एक टोली पठाएको छ।

आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार टोलीलाई हराइरहेका व्यक्तिहरूको उद्धारका लागि ‘हरसम्भव प्रयास’ गर्न आग्रह गरेको छ।

यद्यपि, घटनास्थल दुर्गम क्षेत्र ९अग्लो र भिरालो स्थान० भएकोले उद्धार कार्य ‘कठिन’ भइरहेको बताइएको छ।

ताजा समाचार