
काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ ।
महँगी भत्ता भने ५ हजार बढाएको छ ।
ऐनअनुसार ३ वर्षमा बढ्नुपर्ने तलब यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा रहेको थियो ।
तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।