३० असार २०८२, आईतवार

१००% नतिजासहित शिक्षामा गुणस्तरता र प्रतिबद्धताको उज्यालो नमुना — एभरग्रिन विद्यालय


रसुवास्थित नमुना एभरग्रिन आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयका जम्मा १४ जना विद्यार्थी सहभागी रहेका यस परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो।

विद्यालयका प्रधानाध्यापक सुधन मरासिनीका अनुसार विद्यार्थीहरूका कठिन परिश्रम, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगका कारण यस्तो नतिजा सम्भव भएको हो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर अझ सशक्त बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै आगामी दिनमा झन उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त नतिजाले विद्यालय परिवारलाई थप उत्साहित बनाएको छ। विद्यालयले सुरुदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बताउँदै प्रधानाध्यापक मरासिनीले आगामी शैक्षिक सत्रहरूमा विद्यार्थीहरूको समग्र विकासमा अझ ध्यान दिने जनाउनुभयो।

स्थानीय तह, अभिभावक र समुदायबाट विद्यालयलाई प्राप्त समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयले आगामी वर्षमा विद्यार्थी संख्या तथा गुणस्तरमा समेत बृद्धि गर्ने योजना बनाएको छ।