९ पुष २०८१, मंगलवार

कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन?


कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ ।

बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधरणको लागी आवेदन खुलाइने जनाइएको छ ।

सेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । सेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ ।