७ पुष २०८१, आईतवार

भारतको राजधानी नयाँ दिल्ली पुगे प्रचण्ड, यस्तो छ आजको कार्यक्रम


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गरेका थिए ।

प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।