आगामी जेठ २६ मा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का मुख्य अभिनेता हुन् दिनेश खड्का । यो चलचित्रमा उनी भिलेन क्यारेक्टरमा देखिनेछन् । केहि दिन अघि सार्वजनिक यो चलचित्रको ट्रेलरबाट उनले राम्रै प्रतिक्रिया समेत पाइरहेका छन् ।
सधै फरक चरित्र गर्न रुचाउने अभिनेता खड्का यो चलचित्रमा पनि भिन्न क्यारेक्टरमा देखिदैछन् । कमेडी भिलेनको रुपमा उनलाई यस चलचित्रमा दर्शकले देख्न पाउनेछन् । फरक किसिमको लवज, फरक किसिमको चरित्रमा भिज्न रुचाउने उनी यो चलचित्रबाट निकै आशावादी देखिएका छन् । उनी हिरोइजम भन्दा पनि चलचित्रको कथामा र त्यस कथाको पात्रको चरित्र राम्रो भयो भने, अलिकति फरक देखियो भने काम गर्न मज्जा लाग्ने बताउँछन् । उनी भन्छन्, ‘म आफैले कतिपय चलचित्रको कथा नवुझेर छोडेका रेकर्ड छन् । खासमा मैले चलचित्रमा हिरोको रुपमा भन्दा पनि चलचित्र भित्र मेरो कस्तो खालको चरित्र छ, त्यसमा विश्वास गर्छु ।’
हालै एक भेटमा दिनेश चलचित्रको बिषयबस्तु भन्दा पनि यतिबेलाको चलचित्र उद्योग र यसको भविष्यबारे चिन्तित देखिए ।
नेपाली फिल्म उद्योग अझै एउटा रफ्तारमा हिड्न सकिरहेको छैन । लय समात्न नसकेपनि उद्योग चलिरहेको छ । यस उद्योगमा आवद्ध कलाकार, प्राविधिक, स्क्रिप्ट राइटर, निर्माता, निर्देशकहरु भविष्यमा यस उद्योगले राम्रै फड्को मार्नेमा आशावादी छन् । आशासँगै कतिपयमा डर, त्रास पनि छ । कतिपयले भन्ने गरेका छन्, – यो उद्योगको भविष्य छैन । बेलैमा विदेश पलायन भए हुन्छ । नत्र पछुतो मान्नुपर्छ ।’
तर, अभिनेता खड्काले भने यो उद्योगप्रति बढ्दो निराशासँगै आशाका किरणहरु देखा पर्दै गएको बताउँछन् । उनी भन्छन्, – ‘हो, संघर्ष अलिकति ज्यादा छ । तर, यसमा मज्जा पनि छ ।’
अभिनेता खड्काले यदि नेपाली चलचित्र उद्योगसँग निकट सम्बन्धित निकायहरुले यस उद्योगको सफलता र भविष्यलाई लिएर चिन्ता नलिएको बताउँछन् । यहाँ जसले पनि अभिनय गर्न आउँछ, जसले पनि फिल्म बनाएको छ, जसले पनि निर्देशन गर्छ, उनले भने, ‘हामी सबै चलचित्र उद्योगलाई लिएर सिरियस हुनुपर्छ । स्क्रिप्टका लागि कस्तो कलाकार आवश्यक छ त्यो अनुसार छान्नुप¥यो, कलाकारिता बुझेको र गर्न सक्नेलाई लिनुप¥यो । यहाँ त त्यसो हुन्न । राम्रा भन्दा पनि हाम्राहरुले काम पाइरहेका हुन्छन्, यो ठिक भएन । सरकारी निकायले एउटा क्राईट एरिया त बनाउनुप¥यो नि ।’
चलचित्र विकास वोर्ड, निर्माता संघ, निर्देशक संघ, कलाकार संघ, प्राविधिकसंघ देखि विभिन्न संघहरु छन् । तर, संघ धेरै भए, यी संघहरुले समग्र उद्योगका लागि खासै केहि गरेको मैले महशुस गरेको छैन, उनले भने, ‘मैले अध्ययन र रिसर्च गरेअनुसार अनि मिडियामा आएका समाचारहरु अनुसार बलिउड र हलिउड तथा अन्य देशका उद्योगहरु फड्को मार्नुमा त्यहाँको सरकारको सहयोग, चलचित्र उद्योग नजिक रहेका संघसंस्थाहरुको मिहेनतका कारण फड्को मारेको हो भन्ने लाग्छ । तर, नेपालमा न सबै मिलेर केहि गर्न खोज्छ, न सरकारको सहयोग छ ।’