१ माघ २०८१, मंगलवार

गभर्नर अधिकारीको हातमा पुग्यो अन्तरदेशीय डिजिटल कारोबारको अध्ययन प्रतिवेदन


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् ।

यसका लागि आफूहरुले हामी थप होमवर्क गर्ने पनि उनले बताए ।

इमानले सो प्रतिवेदन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीलाई समेत आइतबार हस्तान्तरण गरेको छ ।