१० पुष २०८१, बुधबार

२०२३ मा विश्वको आर्थिक वृद्धिदर कति रहला? यस्तो छ ओईसीडीको प्रतिवेदन


कुनै पनि देशको मुख्य चासो भनेको सो देशको मुख्य अर्थतन्त्र हो । विश्वका धेरै देशहरुको वित्तीय प्रशासन चलाउने साधन हो पैसा यानिकी अर्थतन्त्र ।

सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।

ओईसीडीले भनेको छ, “ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको छ ।’

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–२० अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।