१३ पुष २०८१, शनिबार

सदस्य सचिव थापाले रुँदै भने- ‘जलहरीमा दोषी देखिए मृत्युदण्ड भोग्न तयार छु’


पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए आफू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले जलहरी प्रकरणमा आफ्नो संलग्नता नभएको उल्लेख गर्दै आफ्नो संलग्नता भएको पुष्टि भए मृत्युदण्डको सजाय दिएपनि भोग्न तयार रहेको बताए ।

थापाले आफूलाई समाजमा ‘सुन चोर’ भनेर चिनाइएको भन्दै गुनासो गरे । बैठकमा प्रष्टीकरण दिंदा उनी एकदमै भावुकसमेत बनेका थिए ।

उनले भने, ‘१०३ केजी सुन आएको छ । हामी राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो, राज्यले जे निर्देशन दिन्छ, त्यही गर्दा हामीले गल्ती गरेका हौं र ?’