१० पुष २०८१, बुधबार

नक्कली शरणार्थी प्रकरण: आज फैसला गर्दै अदालत


नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको बहस सकिएको छ। न्यायाधीश न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्नेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

मंगलबार नै आदेश गर्ने जनाइएको थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेमध्ये एक आदेश जिल्ला अदालत काठमाडौंले गर्नेछ।