१० पुष २०८१, बुधबार

सरकारले भन्यो- आलु र प्याजमा अनावश्यक भ्याटको बहानामा मूल्य बढाए कारबाही हुन्छ


अनावश्यक भ्याटको बहाना पारेर प्याजको मूल्य बढाउने व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले कारबाही गर्ने बताएको छ ।

भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको हो ।

‘आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पेश भएको बजेटमा प्याजको आयातमा मूल्य अभिवद्धि कर लागेको बहानामा नियमित आपूर्ति भइरहेको वस्तुमा स्वभाविक मूल्यभन्दा उच्च मूल्यमा बेच्न पाइँदैन ।’, विज्ञप्तिमा उल्लेख छ ।

बजारमा अहिले प्याजको मूल्य बढेर १०० भन्दा बढीमा बेच्दै आइएको छ ।