१३ पुष २०८१, शनिबार

एस्टर हाई-टेकले नेपाली बजारमा पायो प्रवेश, यस्तो छ फिचर र मूल्य


काठमाडौँ । एस्टर हाई–टेकले नेपाली बजारमा प्रवेश पाएको छ ।

नेपालका लागि यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पाइने जानकारी दिएको हो ।

यसमा१.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प उपलब्ध छ । साथै आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचरसमेत रहेको छ ।

यो गाडी १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा कुदन सक्नेछ ।

त्यस्तै यसमा एलइडी डीआरएल सहितको एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प सहित मल्टिफङसन स्टेयरिङ ह्विल, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा जस्ता फिचर उपलब्ध छन्।