१४ पुष २०८१, आईतवार

ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न सहकारीको १५ दिने अल्टिमेटम !


काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ ।

पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो ।

घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर, सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समसम्म नआएपछि तीन पुस्ते विवरणसहित ‘अल्टिमेटम’ दिनुपरेको सहकारीले जनाएको छ ।

‘सूचना प्रकाशित मितिले १५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम (साँवा, ब्याज र अन्य दस्तुर) समेत चुक्ता गर्नुपर्नेछ । अन्यथा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल/अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर-घरानाबाट समेत असुल उपर गरिनेछ ।’, सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना: