२१ फाल्गुन २०८०, सोमबार ११:५९
नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठबाट काँग्रेसका मन्त्रीहरु झण्डा छोपेर गाडीमा बाहिर निस्किएका छन् । बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्। तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री...
२१ फाल्गुन २०८०, सोमबार ११:५२
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको...
२१ फाल्गुन २०८०, सोमबार १०:४३
सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले...
९ फाल्गुन २०८०, बुधबार २२:१६
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा नेपालमा ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना...
३ फाल्गुन २०८०, बिहीबार २२:२२
काठमाडौँ । विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै...
२९ माघ २०८०, सोमबार २२:०७
अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् । आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् । चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही...
२५ माघ २०८०, बिहीबार २१:४१
गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो । स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल...
२४ माघ २०८०, बुधबार २०:३५
काठमाडौँ । गिरीबन्धु टी स्टेटसको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नभएको भन्दै हद बन्दीभन्दा बढी जग्गा सट्टाभर्ना रद्ध गर्न निर्देशन दिएको...
२२ माघ २०८०, सोमबार ०६:२२
पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ । विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार...