२० असार २०८०, बुधबार २०:२३
अर्थमन्त्री डा प्रकाशशरण महतलाई नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले आज ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारमा अर्थमन्त्री डा महतलाई भेटी सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा जाने समानीकरण अनुदान रकम कटौतीका सम्बन्धमा ज्ञापनपत्र...
२० असार २०८०, बुधबार १६:३८
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् । आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् । उनले भने, ‘सरकारको नेतृत्व...
१७ असार २०८०, आईतवार २०:१९
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन् । “वैदेशिक...
१७ असार २०८०, आईतवार १६:२३
प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत...
१५ असार २०८०, शुक्रबार १४:१२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको...
१५ असार २०८०, शुक्रबार १३:५६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...
१३ असार २०८०, बुधबार १७:००
प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा...
१२ असार २०८०, मंगलवार १४:०९
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो ।...
११ असार २०८०, सोमबार १७:२२
यातनापीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्न संक्रमणकालीन न्याय कानूनलाई संशोधन गर्न सरकारलाई एड्भोकेसी फोरम–नेपालको आग्रह यातनापीडितको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको समयमा भएका यातनाका पीडितलाई प्रभावकारी कानूनी उपचार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई एड्भोकेसी...