१० चैत्र २०८२, सोमबार

अर्थ बाणिज्य

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

१८ श्रावण २०८०, बिहीबार १६:०५

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय...

पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई कारबाही गर्दै बीमा प्राधिकरण

१८ श्रावण २०८०, बिहीबार १२:४४

बीमा प्राधिकरणले पटक–पटक समय दिँदा पनि पुँजी नबढाउने बीमा कम्पनीहरूलाई कारबाही गर्ने भएको छ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारबाहीका लागि प्राधिकरणले छलफल चलाइरहेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार पटक–पटक पुँजी वृद्धिका लागि समय थप्दा...

नेप्सेमा सामान्य बढोत्तरी, कारोवार रकम भने खुम्चियो

१७ श्रावण २०८०, बुधबार १७:३२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात...

सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत, आर्थिक मोडलिङको तयारी भदौदेखि

१७ श्रावण २०८०, बुधबार १२:१९

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । आयोगले नयाँ आवधिक योजनाको दस्तावेज...

सार्वजनिक निकायको खरिद प्रणाली पारदर्शी र प्रतिस्पर्धी हुने

१७ श्रावण २०८०, बुधबार १२:१०

काठमाडाैं । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ ।...

पेट्रोल र डिजेलको मूल्य बढ्दा एलपी ग्यासको मूल्य घट्यो

१६ श्रावण २०८०, मंगलवार २३:१०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएकाे निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा नौ रूपैयाँ तथा डिजेल र मट्टितेलमा सात रूपैयाँ...

चन्द्रागिरि हिल्सले मनायो १४औं वार्षिकोत्सव

१६ श्रावण २०८०, मंगलवार २२:१३

काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको आतिथ्यतामा एक दिने कार्यक्रम सञ्चालन गरिएको थियो...

एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जासम्बन्धी सम्झौता

१६ श्रावण २०८०, मंगलवार २२:०३

काठमाडौं – ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोर्टर्स) र कुमारी बैंक लिमिटेडबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहजरुपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । दुई पक्षबीच क्रेडिट कार्ड मार्फत् शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म...

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्ने

१६ श्रावण २०८०, मंगलवार २१:५९

काठमाडौं – अर्किड होल्डिङ्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १...