७ पुष २०८१, आईतवार

आर्थिक वेभको प्रधान सम्पादकमा ईश्वर अर्याल नियुक्त


अर्थ प्रधान अनलाइनको रूपमा सन्चालित आर्थिक वेभ डटकम (aarthikwave.com)को सम्पादकमा ईश्वर अर्याल नियुक्त भएका छन् ।

१० वर्ष भन्दा बढी सक्रिय पत्रकारिता क्षेत्रमा रहेका अर्याल अन्नपूर्ण पोस्टदेखि नयाँपत्रिकामा स्तम्भकार र लोकान्तरको विषेश संवाददाता हुँदै सुत्रन्यूजको प्रबन्ध सम्पादक रहेर काम गरेको अनुभव सम्हालेका व्याक्तित्व हुन् ।

रत्नराज्य क्याम्पसबाट आम संचार माध्यममा स्नातक गरेका उनी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबारे खोज अनुसन्धानमा लागेका पत्रकार हुन् ।

आर्थिक वेभको सम्पादकीय जिम्मेवारी सम्हाल्दै गर्दा अर्यालले अबको पत्रकारिताको प्राथमिकता राजनीति नभएर आर्थिक विषयवस्तु हुनुपर्ने बताए ।

‘अर्थतन्त्रले सही दिशा समात्नु नै मुख्य राजनीतिक उद्देश्य हुनुपर्छ,’ उनले भने, ‘बैंक, वित्तीय संस्था र औद्योगिक क्षेत्र राज्यको मुख्य प्राथमिकतामा रहनुपर्छ ।’

परम्परागत मिसन पत्रकारिताले लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका प्राप्तिका लागि ठूलो भूमिका खेलेको भएता पनि पछिल्लो पत्रकारिताले संविधानको संरक्षण, रक्षा अनि मानवाधिकारको पैरवी र सन्तुलित सूचना प्रवाह गर्नुपर्ने अर्यालको मान्यता छ ।