७ पुष २०८१, आईतवार

सन्दीपले अमेरिकाको भिसा पाउँदै: सरकारले देखायो चासो, बढायो सक्रियता


टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ ।

अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरिरहेको जानकारी गराएका छन्।

शाहीले फेसबुकमा लेखेका छन्,‘आज एकाबिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौं। आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ ! जय नेपाल।’