कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
विराटनगर किङ्सका खलाडीलाई मङ्गलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएलका लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदैछ ।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रियमात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने बताए । विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए ।