७ पुष २०८१, आईतवार

सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै


ipo

काठमाडौँ । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सोही प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा पनि बोलाएको छ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ।