२५ चैत्र २०८१, सोमबार

बालेनले पाए तलब


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बल प्रयोग गरी हाजिर गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गरी मेयर बालेन्द्र शाह (बालेन) ले काम गर्न नदिएपछि रोकिएको तलब उनी काममा फर्केसँगै सोमबार निकासा भएको हो ।

मेयर बालेन्द्रसहित सफाइ कर्मचारीले समेत तलब पाएका हुन् । जनप्रतिनिधि र कर्मचारीसमेतको गरी १ अर्ब १३ करोड रुपैयाँ तलबका लागि निकासा भएको छ । ।

काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो । बालेनले समिति गठन गरी अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।

तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।