२८ भाद्र २०८२, शुक्रबार

रसुवा बाढी : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन


मंगलबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकालाई तहस-नहस बनाइदिएको छ। घटनामा ३ जना सुरक्षाकर्मी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी १८ जना सम्पर्कविहीन छन्।

तर यो केवल ‘प्राकृतिक विपत्ति’ मात्रै होइन, पूर्वतयारीको चरम अभावको कटु परिणाम पनि हो।

सीमावर्ती नाका जस्तो संवेदनशील क्षेत्र, जहाँ दिनहुँ मालवाहक सवारी, विदेशी नागरिक र भन्सारजन्य गतिविधि भइरहन्छन् — त्यहाँ आकस्मिक बाढीको जोखिमा पूर्वचेतावनी, सुरक्षित निकास योजना, वा उच्च सुरक्षा उपायको नहुनु गम्भीर लापरवाही हो।

बाढीले नेपाल–चीनको मैत्री सम्बन्धको प्रतीक मानिने मितेरी पुल बगाएको छ। त्यस्तै, भन्सार यार्डमा रहेका कन्टेनरहरू, टिमुरे EV चार्जिङ स्टेसन, र रसुवागढी जलविद्युत ड्याममा क्षति पुगेको पुष्टि भएको छ।

बाढीपछिको दृश्यले राज्य संरचना यति कमजोर रहनु हुँदैन भन्ने यथार्थ झल्काउँछ।

ताजा समाचार