राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता लामिछानेले यस्तो बताएका हुन् ।
उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाएका छन् ।
त्यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरेका छन् ।