११ भाद्र २०८०, सोमबार ०९:५८
नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल...
१० भाद्र २०८०, आईतवार ०९:३८
एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २...
१० भाद्र २०८०, आईतवार ०८:३५
भारत सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतको वित्त मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो। मूल्यवृद्धि नियन्त्रण गर्न भारतले प्याज निर्यातमा ४० प्रतिशतसम्म भन्सार लगाएकोमा...
१० भाद्र २०८०, आईतवार ०८:२९
आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ५५ हजारले देश छाडेका छन् । बैदेशिक रोजगारीका नयाँ र नवीकरण सहित ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांकलाई हेर्ने हो...
१० भाद्र २०८०, आईतवार ०८:२६
माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला भएको हो ।...
९ भाद्र २०८०, शनिबार १९:४६
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल...
८ भाद्र २०८०, शुक्रबार ०९:४८
बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। कम्पनीहरुबिच प्रारम्भिक समझदारीपत्रमा २०८०/०५/०७ गते हस्ताक्षर भएको छ...
८ भाद्र २०८०, शुक्रबार ०९:३८
पछिल्ला केही महिनामा जस्तै यो साता पनि सेयर बजारको उतारचढाव कायमै देखिएको छ । अल्पकालीन लगानीकर्ता (ट्रेडर) हाबी हुँदा बजारमा उतारचढाव देखिएको हो । साताका पाँच कारोबार दिनमध्ये सोमबार नेप्से परिसूचक दुई हजारभन्दा तल झर्न पुग्यो । उक्त दिन १९९८.२९...
८ भाद्र २०८०, शुक्रबार ०९:२६
बितेका ५ वर्षमा रेमिट्यान्स आप्रवाह करिब ६२ प्रतिशतले बढेको छ । देशमा रोजगारीका अवसर नहुँदा बिदेसिने युवाको संख्यामा भएको उच्च वृद्धिसँगै रेमिट्यान्स आप्रवाह पनि बढेर गएको हो । आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएकोमा गत आर्थिक...