२६ कार्तिक २०८३, मंगलवार

घोप्टेभीरमा रातभर रोकिएका सवारीसाधन चल्न थाले, पृथ्वी राजमार्ग दुवैतर्फ सुचारु


पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।

हिजो राति करिब ११ बजे खसेको पहिरोका कारण रातभर राजमार्गमै रोकिएका यात्रु तथा सवारीसाधनहरू सडक सुचारु भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार प्रहरी र स्थानीय टोलीको निरन्तर प्रयासपछि पहिरो हटाई यातायात सेवा पूर्ववत् अवस्थामा फर्काइएको हो।

ताजा समाचार