२२ कार्तिक २०८३, शुक्रबार
   Aarthik Wave

‘वित्तीय समानीकरणको ५० प्रतिशत रकम फुकुवा हुनुपर्छ’

२० असार २०८०, बुधबार २०:२३

अर्थमन्त्री डा प्रकाशशरण महतलाई नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले आज ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारमा अर्थमन्त्री डा महतलाई भेटी सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा जाने समानीकरण अनुदान रकम कटौतीका सम्बन्धमा ज्ञापनपत्र...

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री

२० असार २०८०, बुधबार १६:३८

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् । आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् । उनले भने, ‘सरकारको नेतृत्व...

लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन

२० असार २०८०, बुधबार १६:३१

राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न...

घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

१८ असार २०८०, सोमबार २१:२६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर...

सरकारले ऋणको उपयोग गर्ने नीति लिएको छ : अर्थमन्त्री महत

१७ असार २०८०, आईतवार २०:१९

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन् । “वैदेशिक...

ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ

१७ असार २०८०, आईतवार २०:१३

प्रहरीले ललिता निवास जग्गा प्रकरणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । सीआईबीले ललिता निवासको...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित : कसले के भने ?

१७ असार २०८०, आईतवार १६:२३

प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत...

एआई: मानवजाती लोप हुनसक्ने वैज्ञानिकहरुको चेतावनी

१७ असार २०८०, आईतवार ०९:२३

आजको दुनियाँ विज्ञान प्रविधिसंग नजिकिंदै गएको छ । ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनीसमेत दिइसकेका छन् । अब मानिसहरुले खोजेको प्रश्नको उत्तर पाउनका लागि अर्को मानिसको जरुरत पर्दैन ।...

महाराष्ट्र: बसमा आगो लाग्दा २५ जनाको मृत्यु

१६ असार २०८०, शनिबार १६:४२

भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा...

ताजा समाचार