२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

२४ आश्विन २०८०, बुधबार ०८:५४

मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्। बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ। बैठकमा...

प्रभु सेलेक्ट फन्डको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा

२४ आश्विन २०८०, बुधबार ०८:५०

प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त आर्थिक वर्षका लागि यो योजनाका...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा

२४ आश्विन २०८०, बुधबार ०८:४७

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर आज असोज २४ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले...

चाडपर्वमा चिनीको हाहाकार हुने संकेत, सुपथ पसलमै पाइँदैन

२४ आश्विन २०८०, बुधबार ०८:४४

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ। थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ...

चिरख्वा हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?

२३ आश्विन २०८०, मंगलवार ०९:११

चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (असोज २३ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...

अरुण काबेलीले असोज ३० गतेदेखि सवा २० लाख कित्ता सेयर बेच्दै

२३ आश्विन २०८०, मंगलवार ०९:०७

अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १...

सानिमा माई हाइड्रोको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ आश्विन २०८०, मंगलवार ०९:०२

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...

रेमिट्यान्सको १९ प्रतिशत रकम ऋण तिर्न र मनोरञ्जनमा खर्च

२३ आश्विन २०८०, मंगलवार ०९:००

विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो...

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पूरा

२३ आश्विन २०८०, मंगलवार ०८:५८

आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्दैछ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा...

ताजा समाचार