२३ श्रावण २०८०, मंगलवार १५:४५
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...
२२ श्रावण २०८०, सोमबार १६:०८
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ...
२२ श्रावण २०८०, सोमबार ०९:११
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरि १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो । नेप्सेले असार २१ र साउन १२ मा ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो...
२१ श्रावण २०८०, आईतवार १५:२९
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ । उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा...
१९ श्रावण २०८०, शुक्रबार १०:५०
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि कुल...
१९ श्रावण २०८०, शुक्रबार १०:४३
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन ३ अंकले नेप्से परिसूचक बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति आएदेखि नै घट्ने क्रममा रहेको सेयर बजार यस साताभर नै...
१७ श्रावण २०८०, बुधबार १७:३२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात...
१५ श्रावण २०८०, सोमबार १४:०३
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति...
१४ श्रावण २०८०, आईतवार १४:४६
काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरिएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख...