२६ श्रावण २०८३, सोमबार

राजनीति

जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

१८ माघ २०८०, बिहीबार २०:२५

जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा...

जग्गा विवादमा विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ, यस्तो छ वास्तविकता

१८ माघ २०८०, बिहीबार २०:१६

व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी...

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब

९ माघ २०८०, मंगलवार ०८:४४

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब...

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, सरकारले थमायो पत्र

७ माघ २०८०, आईतवार १८:२७

अर्थ मन्त्रालयको मंत्रीस्तरीय निर्णयले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन...

लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

५ माघ २०८०, शुक्रबार १८:०२

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड...

राष्ट्रपतिले भर्खरै एक अध्यादेश जारी गर्नुभयो

४ माघ २०८०, बिहीबार १७:१९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

सातै प्रदेशमा तरुण दलको सर्कुलर: गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नु [विज्ञप्तिसहित]

३ माघ २०८०, बुधबार १६:५५

काठमाडौँ । नेपाली काँग्रेसको एक संगठन नेपाल तरुण दलले आउंदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि सबै जिल्लाका केन्द्रीय सदस्यहरुलाई भूमिका खेल्न सर्कुलर गरेको छ । बुधबार अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै सबै प्रदेशका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन्...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

३ माघ २०८०, बुधबार ०७:२९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । महामन्त्री ढकालका अनुसार आजको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स,...

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

२२ पुष २०८०, आईतवार १७:१६

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी...

ताजा समाचार