९ पुष २०८१, मंगलवार

नारायणकाजी श्रेष्ठको हरिबिजोग: कुनै हालतमा पनि गृहमन्त्रालय नपाएपछि परराष्ट्रमा चित्त बुझाउन बाध्य


नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै उनी सो मन्त्रालयमा इन्ट्री मारेका हुन् । यसभन्दा अगाडी उनी गृहमन्त्रीको रुपमा रहेका थिए ।

११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठले १७ चैत २०७९ मा गृह मन्त्रालय सम्हालेका थिए ।

उनी गृह मन्त्रालयमै रहन चाहेका थिए । तर उनले योपटक ‘रोजेको मन्त्रालय लिन पाएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह नछाड्ने अडान लिएपछि उनले योपटक परराष्ट्रमन्त्रीमा चित्त बुझाउनुपरेको छ ।

विशेषगरेर सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका नेताहरुलाई जोगाएको भनेर एमालेले सदन अवरुद्ध गरेको थियो ।