१० असार २०८३, मंगलवार

राजनीति

शालिक फलाउने कृषि कार्यक्रम र स्वर्णिमहरूको राजनीति  

११ भाद्र २०८०, सोमबार १७:३८

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको एक महिना व्यतीत भइसकेको छ । आलोचकहरुले यो नीति सबैलाई खुशी पार्ने खालको भनी टिप्पणी गरेका छन् भने मौद्रिक नीतिलाई लिएर कुनैपनि क्षेत्रमा खास उत्साह देखिएको छैन । यद्यपि...

धरानको विवादबारे प्रचण्डको अपील : संवाद र सहकार्यमार्फत समस्या समाधान गरौँ

९ भाद्र २०८०, शनिबार २१:५०

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा देखिएको साम्प्रदायीक र धार्मिक विवादबारे एक अपीलमार्फत मुख खोलेका छन् । शनिवार राति एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।...

साम्प्रदायीक मुठभेड हुने आशंकामा धरानमा २४ घण्टाका लागि कर्फ्यू

८ भाद्र २०८०, शुक्रबार १८:०३

सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।  सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक...

धरानमा मुठभेड हुन नदिन १३ दलले गरे संयुक्त अपील, दुवै पक्षलाई कार्यक्रम रोक्न आग्रह

८ भाद्र २०८०, शुक्रबार १७:४६

धरानमा बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ । बैठकपछि १३ वटा दलहरुले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरेका छन् । विगत केही दिनदेखि धरानमा...

गाईबारे राज्यको दोहोरो नीति : पाँचतारे होटेललाई मासु बेच्ने लाइसेन्स, मुठभेडमा सर्वसाधारण !

८ भाद्र २०८०, शुक्रबार १६:४८

केस १ – गत साल चैत्रमा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको बिरगंजस्थित चिकेन स्टेसनले बीफ (गाईको मासु) कबाबमा १० प्रतिशत छुट भन्दै ‘रमादान अफर’ सार्वजनिक गर्यो । मुस्लिम धर्मावलम्बीलाई लक्षित गरेर हिन्दू परिषदका केन्द्रीय सदस्य झाले...

ललितानिवास प्रकरण : २ सय ८६ प्रतिवादीमध्ये २४ बाहेक सबै फरार [नामावलीसहित]

७ भाद्र २०८०, बिहीबार १८:१७

बालुवाटास्थित सरकारी जग्गा ललिता निवास कीर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोपमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारीसम्म र व्यापारीदेखि बिचौलियासम्मलाई सजाय गर्न माग गरेको छ । जसमध्ये...

सुन तस्करीमा जोडिएका अध्यागमन महानिर्देशक मन्त्रालय तानिए

७ भाद्र २०८०, बिहीबार १७:३५

अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी मन्त्रालय तानिएका छन् । साउन पहिलो साताको सुन तस्करीमा जोडिएका दावा छिरिङसँग सम्बन्ध राखेको विषय बाहिर आएसँगै गृह मन्त्रालयले उनलाई सिंहदरबार बोलाएको हो । ६१ किलो सुन तस्करीका मुख्य हर्ताकर्ता भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक...

भारत १० अर्बमा चन्द्रमामा पुग्यो, सोही बजेटको नेपालको संसद भवन बन्ने छैन टुंगो

६ भाद्र २०८०, बुधबार १९:३१

६ सय १५ करोड भारू अर्थात् ९ अर्ब ८४ करोड खर्च गरेर भारतले चन्द्रयान -३ लाई सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउन सफल भएको छ । भारतीय सञ्चारमाध्यमहरूले यसको लागत नेपाली १० अर्ब भन्दा कम रहेको समाचार प्रकाशित गरिरहेका छन्...

प्राधिकरणविरुद्धको रिट खारेज भएसँगै बालेनले ५० हजार जरिवाना तिर्नुपर्ने !

६ भाद्र २०८०, बुधबार १८:४५

त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नागरिक उड्ययन प्राधिकरणले ५० हजार जरिवाना तिराउने गरी गरेको निर्णय कार्यान्वयन गर्न अदालतले बाटो खोलिदिएको छ । गत जेठमा महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै तारबार भत्काएको थियो ।...

ताजा समाचार