१३ मंसिर २०८१, बिहीबार १०:५७
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् । परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ...
१३ मंसिर २०८१, बिहीबार १०:३०
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले खाता रोक्का गर्न पत्राचार गरेका हुन्...
१३ मंसिर २०८१, बिहीबार १०:११
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ। बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाने तयारीमा छन्। यद्यपी चीन भ्रमणको औपचारिक घोषणा...
१२ मंसिर २०८१, बुधबार १२:४१
हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन्। चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्। सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको...
१२ मंसिर २०८१, बुधबार ११:१८
अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट झन्डै एक खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत १०० अर्ब रुपैयाँ झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन...
१२ मंसिर २०८१, बुधबार ११:०१
सोमबार र मंगलबार लगातार दुई दिन सुनमा भारी गिरावट आएको मूल्यमा आज भने वृद्धि भएको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा...
१२ मंसिर २०८१, बुधबार १०:५८
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो। हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक...
१२ मंसिर २०८१, बुधबार १०:१९
सरकारको कामको समीक्षा र आगामी कार्ययोजनामा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाको बैठक बोलाएका छन्। ओलीले सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका हुन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका कामको त्रैमाशिक समीक्षा हुने...
११ मंसिर २०८१, मंगलवार १०:५५
काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।...