२६ पुष २०८१, शुक्रबार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश


जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यस्तै सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि  धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो।

उनीसहित रवि लामिछानेलाई पनि धरौटी माग गरेको हो। लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। अन्यलाई पनि अदालतले धरौटीमा छाडेको हो।

रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो।

गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो ।