
राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितकुमार शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
बैंकको नेपालगन्जस्थित त्रिभुवन शाखाका शाखा प्रबन्धक शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । योसंगै उनी जेल चलान भइसकेका छन् ।
शाखा प्रबन्धक शाहीसहित कर्मचारी रिजवान अहमद जसगढ सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ पुस १४ गते अनियमितता मुद्धा दायर गरेको थियो ।
झन्डै २ वर्षपछि वर्षपछि न्यायधिश शालिग्राम पौडेल तथा सदस्याहरु शिलग्राम कोइराला र खुसीप्रसाद थारुको संयुक्त इजलासले २ जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
अदालतले अजमदलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको छ । सोही मुद्धामा मुछिएका अन्य थप जनाले भने सफाई पाएका छन् ।