१० पुष २०८१, बुधबार

नयाँ ब्रोकरलाई सदस्यता प्रदान गर्ने नेप्सेको निर्णय, यी हुन् सदस्यता पाउने कम्पनीहरु


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ब्रोकर कम्पनीलाई कारेबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

अब सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड कारोबार सदस्य पाउने भएका छन्।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए।