१० पुष २०८१, बुधबार

एक क्विन्टल सुन प्रकरणमा व्यवसायी अडुकियाको घरमा छापा


व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले बतायो ।

उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् ।