११ चैत्र २०८२, मंगलवार

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल


शिखर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई साउन २१ गते आइतबार नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्।

अध्यक्ष सिलवालले नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका थिए।

उक्त अवसरमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेको उपस्थिति थियो।